झापामा युवतीको हत्या, युवक पक्राउ
विराटनगर । झापाको अर्जुनधारा–६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन् ।
साँझ ६ बजेर ४० मिनेट जाँदा कैलाली गौरीगंगा नगरपालिका–३ का २० वर्षीय युवक अनिलज विकले इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीय युवती मनिषा लोहारको हत्या गरेका हुन् । युवती मनिषा विर्तामोडमै बस्दै आएकी थिइन् ।
युवतीलाई धारिलो हतियार प्रहार गरेपछि गम्भीर घाइते बनेकी थिइन् । उनको उपचारकै क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती युवतीलाई युवकले धेरै पटक छुरा रोपेका थिए ।
युवतीको राती ७ बजेर १० मिनेजमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीम बहादुर दाहालले बताए । छुरा प्रहार गर्न युवालाई गाउँलेले लखेटेर पक्रेका थिए । उनलाई पनि गाउँलेले कुटपिट गरेर घाइते बनाएका छन् । ती युवाको पनि विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटना के कारणले भएको हो भन्ने बारेमा र युवकमाथि कुटपिट गर्ने समूहका बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चार दिनअघि बिर्तामोडको किराँत चोकमा युवतीकै विषयलाई लिएर दुई समूहबिच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण