संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल
मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राखे । उनले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिए ।
अध्यक्ष नेपालले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
आफ्नो पार्टीको विरुद्ध अनेक षड्यन्त्र चलिरहेको बताउँदै उनले यस्तो कुरालाई आधारमा मानी पार्टीका नेताबीच अविश्वासका वातावरण सिर्जना गर्न नहुने बताए ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण