टरिगाउँ विमानस्थलबाट अब हप्ताको २ दिन उडान हुने
शनिबार, २९ भदौ २०८१, ०६ : ४३

दाङ । तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ ।
यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार