प्रधानमन्त्री ओलीबाट पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् ।
रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन्।
यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाए ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरू जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गरे । “तपार्ईँ व्यवसायीहरूले निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “तपाईँहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहरीकरणमा कमी हुनेछैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण