बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालन
शनिबार, २९ भदौ २०८१, २२ : ३९

बैतडी । यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।
उनले भने, “लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो । मर्मत गरेर आजदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।” वर्षाका कारण प्रभावित भएको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित