बागमतीमा भौतिक पूर्वाधारका १७६ योजना कार्यान्वयन भएन
मकवानपुर । बागमती प्रदेशको पूर्वाधार विकास सम्बन्धी १७६ आयोजनाहरू कार्यान्वयनमा आउन सकेको छैन । गत आर्थिक वर्ष २०८०–०८१ मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत कार्यान्वयन गरिएको १७६ आयोजना अघि बढ्न नसकेको हो ।
मन्त्रालयको वार्षिक स्वीकृत बजेटमा समावेश भएको उक्त कार्यक्रम छनौटमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएको हो । मन्त्रालयका अनुसार पूर्व तयारी विना बजेट कार्यक्रम समावेश हुँदा योजना कार्यान्वयन हुन नसकेको हो । बजेटमा समावेश गरिएको सो १७६ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण नहुँदा कार्यान्वयन हुन नसकेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रम छनौट भई बजेट विनियोजन भए पनि विविध विवाद र स्थानीय तहको चासो कम हुँदा ती आयोजनाहरू कार्यान्वयन नभएको हो ।
कार्यान्वयन नभएका आयोजनाहरूमा प्रदेश सरकारको बजेट विनियोजन भएका सडक पूर्वाधार निर्माणका ६६ वटा रहेका छन् भने ५६ वटा सडक पुल निर्माण, ६ वटा झोलुङ्गे पुल निर्माण, ३२ वटा भवन निर्माण, ५ वटा अन्य सार्वजनिक निर्माणका रहेका छन् । सङ्घीय सशर्त अनुदान अन्तर्गतको सडक निर्माणका ५ र सडक पुल निर्माणका ६ वटा आयोजना रहेका छन् ।
१८८ अधुरा योजना
प्रदेश सरकारले गत आर्थिक वर्षमा कार्यान्वयन गरेको १८८ वटा योजनाहरू अधुरा रहेका छन् । बहुवर्षीयबाहेक १८८ योजनाहरू कार्यान्वयनको चरणमा गएपनि पूर्णता भने पाउन सकेनन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश सरकारले सञ्चालन गरेको सडक निर्माणका १०२ योजनाले पूर्णता पाउन सकेनन् भने सडक पुल निर्माणका ६२, झोलुङ्गे पुल निर्माणका ५, भवन निर्माणका १५ वटा योजनाहरू रहेका छन् । सङ्घीय सशर्त तर्फ कार्यान्वयन गरिएको सडक पुल निर्माणका ३ वटा योजना, विशेष अनुदान तर्फको भवन निर्माणका १ वटा योजनाले पूर्णता पाउन सकेन ।
त्यस्तै प्रदेश सरकारले बजेट कार्यान्वयनबाट २ हजार बढी सडक पुल तथा भवनहरू निर्माण भएका छन् । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बजेट कार्यक्रममा स्वीकृत २ हजार ७१७ आयोजना मध्ये २ हजार १८१ योजनाहरू सम्पन्न भएका हुन् ।
मन्त्रालयले प्रदेशको बजेटबाट सडक निर्माणका २ हजार १०७ योजना मध्ये १ हजार ८६७ योजना सम्पन्न भएको छ भने सडपुल तर्फ २०४ मध्ये ३७ योजना सम्पन्न भएको छ । झोलुङ्गे पुल निर्माण तर्फ ३१ वटा आयोजना रहेकोमा १२ वटा, भवन निर्माणका १८० वटा आयोजना मध्ये १३३, अन्य सार्वजानिक निर्माणका ३१ मध्ये २६ योजना सम्पन्न भएको छ ।
त्यसैगरी सङ्घीय सशर्त अनुदान अन्तर्गत ८८ वटा सडक निर्माण आयोजना मध्ये ७२ वटा सम्पन्न भएका छन् भने सडक पुल निर्माणका ३४ आयोजना मध्ये ६ वटा सम्पन्न भएका छन् । सङ्घीय समपूरक अनुदान तर्फ सडक निर्माणका ४० आयोजनामा २८ वटा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधारका ३६५ बहुवर्षीय आयोजना
प्रदेशमा सडक, पुल तथा भवन निर्माणका ३६५ बहुवर्षीय आयोजनाहरू सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक तथा सङ्घीय अनुदान मार्फत ३६५ बहुवर्षीययोजनाहरू कार्यान्वयनको चरणमा रहेको छ ।
प्रदेश सरकारले आन्तरिक स्रोत तर्फबाट गत आर्थिक वर्षमा सडक निर्माणका १६२ आयोजनाहरू कार्यान्वयन गरेको थियो भने सडक पुल निर्माणका १०६ आयोजना, झोलुङ्गे पुल निर्माण १४, भवन निर्माण २४, अन्य सार्वजनिक निर्माण ५ वटा बहुवर्षीयआयोजना कार्यान्वयनमा रहेका छन् ।
सङ्घीय सशर्त अनुदान बापत प्रदेशमा सडक निर्माणका ११, सडक पुल निर्माणका १९ वटा बहुवर्षीय योजना कार्यान्वयनमा रहेको छ । समपूरक अनुदान अन्तर्गत सडक निर्माणका १३ वटा, विशेष अनुदान तर्फ भवन निर्माणका बहुवर्षीय २ आयोजनाहरू कार्यान्वयनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
-
इजरायली हवाई आक्रमणबाट गाजामा १७ जनाको मृत्यु
-
सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना