गहनाको तौल बढी देखाएर ठगेको आरोपमा ३ जना पक्राउ
आइतबार, ३० भदौ २०८१, ११ : १०
काठमाडौँ । तौल कम भएको सुनको गहना बनाएर धेरै तौल भएको बिल दिएर ठगेको आरोपमा प्रहरीले भक्तपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भएका ५५ वर्षीया मनमाया थापा, उदयपुर घर भएका ५४ वर्षीय चन्द्रकला विश्वकर्मा र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४० वर्षीया राधा विश्वकर्मा छन् ।
आरोपीहरुबिरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता भएको हुनाले थप अनुसन्धानका लागी त्यहाँ पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए । उनीहरुले ओभर बिलिङ गरेको ३ लाख ४२ हजार बराबरको सुनको गहना प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण