अरविन्द केजरीवालद्वारा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा
आइतबार, ३० भदौ २०८१, १२ : ४९
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफूले दुई दिनपछि मुख्यमन्त्रीको पदबाट राजीनामा दिने उनले बताए ।
‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताहरूले आफ्नो फैसला नसुनाएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ आइतबार दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा उनले भने ।
‘म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घर घरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण