श्रममन्त्री र रोमानीयाका राजदूतबिच भेटवार्ता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानीयाका राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र रोमानीयबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ठगी नियन्त्रण र मागपत्र प्रमाणीकरणमा देखा परेका चुनौतीहरूलाई समाधान गर्न निकट भविष्यमा दुवै सरकारको संयुक्त प्राविधिक समितिको बैठक आयोजना गर्ने लगायत दुवै देशमा कूटनीतिक नियोग खोल्ने सम्बन्धमा छलफल भएको थियो ।
राजदूत डेनिएलाले जनवरी २०२४ देखि हालसम्म करिब १९ हजारभन्दा बढी नेपालीहरूलाई रोमानीयाले श्रम भिसा जारी गरेको बताइन । उनले अब औपचारिक तवरबाट नेपाली श्रमिक रोमानीयामा पठाउन आवश्यक रहेको धारणा व्यक्त गरेकी थिइन् ।
मन्त्री भण्डारीले युरोपमा आप्रवासी श्रमिकको मानव अधिकार सुनिश्चित हुने भएकोले रोमानीयामा नेपाली श्रमिक पठाउने सन्दर्भमा नेपाल र रोमानीयाबिच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकल निर्माण गर्ने, मागपत्र प्रमाणीकरणलाई सरलीकृत गर्ने लगायतका विषयलाई आगामी संयुक्त प्राविधिक समितिबाट टुङ्गो लगाइने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण