वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा ३ जना पक्राउ
आइतबार, ३० भदौ २०८१, १९ : ०८
काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएर काठमाडौँ बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ घर भएर चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २० वर्षीय सुजन स्याङबो छन् ।
कम्बोडिया, मलेसिया र दुबई पठाउने नाममा आरोपीहरूले ठगीधन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
काठमाडौँको तिलगंगा बस्ने त्रिलोक कुमार यादवले ३ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । राम प्रसाद रिजालले २ लाख ४० हजार र स्याङबोले १ लाख ५० हजार ठगी गरेका हुन् । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण