दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी ५: ३० बजे दुर्घटना हुँदा दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक सत्रुधनकुमार महतोले बताएका छन् ।
दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । घाइतेहरूलाई सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने