नर्थ लण्डन डर्बीमा आर्सनल विजयी
आइतबार, ३० भदौ २०८१, २१ : १३
लण्डन । प्रिमियर लिग अन्तर्गतको नर्थ लण्डन डर्बीमा आर्सनलले टोटनह्याम हटस्पर्सलाई पराजित गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले १–० को जित निकालेको हो ।
खेलको ६४ औँ मिनेटमा गब्रियलले बुकायो साकाको पासमा निर्णायक गोल गरे । आर्सनल कप्तान मार्टिन ओडेगार्ड र डेक्लन राइस बिना नै मैदानमा उत्रिएको थियो ।
टोलीले स्पर्सको दबाबका बिच जित हासिल गर्न सफल भयो । आर्सनलका गोलकिपर डेभिड रायाले सुरुवाती चरणमा स्पेर्सका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।
हालसम्म अपराजित रहेको आर्सनलले ४ खेलबाट १० अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । स्पर्स भने समान खेलबाट ४ अङ्क बटुल्दै १३ औँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण