कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो ।
समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको एक सदस्यले जानकारी दिए ।
‘धनराजको हकमा समितिको टीओआरमा थिएन । तर पछि उजुरी पर्यो । त्यसपछि सम्बन्धितको बयान, अनुगमन समितिले गर्यो’, ती समिति सदस्यले भने, ‘सम्बन्धित बयान, कागजपत्र, डिभोर्स पेपर त्यसपछि गरेको कारोबारले उहाँले दाबी गरेको सम्बन्ध विच्छेद नक्कली हो कि भन्ने आशङ्का छ, तर निष्कर्ष होइन ।’
उनका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ ।
‘अनुसन्धान टुङ्गिएको होइन, गुरुङका हकमा अनुसन्धानका लागि लेखि पठाउनेसम्मको सहमति भएको छ,’ ती सदस्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण