अमेरिकामा बिक्री वा प्रतिबन्धको विरोधमा पुनरावेदन जाँदै टिकटक
वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकले सोमबार अमेरिकी कानुनलाई चुनौती दिँदै मुद्दा हाल्दैछ । टिकटकका चिनियाँ सञ्चालक बाइटडान्सले नौ महिनाभित्र कम्पनी नबेचे अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने कानुनमा अप्रिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका थिए ।
अमेरिकी प्रयोगकर्ताका डेटा चीन सरकारले दुरुपयोग गर्न सक्ने भन्दै अमेरिका सरकारले सो कदम चालेको हो । तर टिकटकले यो आरोपको खण्डन गर्दै आएका छन् । यसलाई चिनियाँ अधिकारीहरूले वाक स्वतन्त्रताको अधिकारमा असाधारण घुसपैठ भन्दै आएका छन् । अमेरिकामा टिकटकका १७ लाखभन्दा धेरै प्रयोगकर्ता छन् ।
कम्पनीले वासिङ्टन डीसीको पुनरावेदन अदालतमा तीन न्यायाधीशको इजलाससामु आफ्नो तर्कहरू पेस गर्नेछ । यस क्रममा कम्पनीका प्रतिनिधिको साथमा आठ जना टिकटक सर्जक पनि हुनेछन् । न्याय मन्त्रालयका वकिलहरूले यस मुद्दालाई अगाडि बढाउनेछ । डेटा चोरी बाहेक अमेरिकीहरूमाझ प्रोपोगान्डा फैलाउन यो एपलाई प्रयोग गर्न सक्ने सम्भावनाले पनि अमेरिकी अधिकारीहरू सशङ्कित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण