नेपाल पुलिस क्लबले श्रीलंकन एयर फोर्सलाई सजिलै हरायो
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको टोलीले लगातार दोस्रो जित हात पारेको छ । नेपाल पुलिस क्लबले सोमबार खेलिएको खेलमा श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको हो ।
पुलिस क्लबले यसअघि आफ्नो पहिलो खेलमा आइतबार उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमा पराजित गरेको थियो । श्रीलंकन एयर फोर्सविरुद्ध नेपाल पुलिस क्लबले पहिलो सेटको नतिजालाई २५–१६ अंकले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–२० अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटको खेल तुलनात्मक रुपमा निकै प्रतिस्पर्धात्मक थियो । तर, पुलिस क्लबले तेस्रो सेटमा पनि श्रीलंकन एयर फोर्सलाई २५–२१ अंकले पछि पारेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।
नेपाल पुलिस क्लबले आफ्नो तेस्रो खेल मंगलबार ताजकिस्तानको भीसी दियामेदसँग खेल्नेछ । पुलिस क्लबले चौथो खेल बिहीबार माल्दिभ्सको क्लब भामकोसँग खेल्नेछ । नेपाल पुलिस क्लबले लिग चरणको पाँचौँ तथा अन्तिम खेल शुक्रबार माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण