सहकारी छानबिन समिति प्रतिवेदन
समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकको सम्पत्तिदेखि विदेश यात्रासम्ममा रोक लगाउन सिफारिस
सोमबार, ३१ भदौ २०८१, १६ : ३६

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकको सम्पत्तिदेखि विदेश यात्रासम्ममा रोक लगाउन सिफारिस गरेको छ ।
समितिको सिफारिसमा भनिएको छ, ‘समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकलाई सरकारको निगरानीमा निज तथा निजको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैङ्क खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य कार्यालय रहेको सहरबाहेक बाहिर जानु पर्दा सरकारको सम्बन्धित निकायको अनुमति लिनु पर्ने गरी नियमित कार्यालय खोल्नुपर्ने शर्तसहित settlement का लागि निश्चित अवधि तोकी उक्त अवधिभित्र पूर्ण समाधान हुन नसकेमा पुनः कानूनी कारबाहीमा जाने गरी व्यवस्थापन गर्न समय दिने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा
-
विद्यालय कर्मचारीले छुट्टै आन्दोलन घोषणा गर्ने
-
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डद्वारा उद्घाटन (तस्बिरहरू)
-
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद, परीक्षण गर्न काठमाडौँ पठाइँदै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला