रवि लामिछानेको श्वेट सेयरबारे सहकारी समितिले के भन्यो ?
काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले गोरखा मिडिया नेटवर्कको शेयर खरिद बिक्री गर्दा कीर्ते भएको निष्कर्ष निकालेको छ ।
कानूनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा सेयर खरिद बिक्री भएको पाइएको समितिले ठहर गरेको हो ।
सूर्य थापा नेतृत्वको समितिले सोमबार संसदमा पेस गरेको प्रतिवेदनमा सेयर खरिद बिक्रीको भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गर्दै सोबमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने उल्लेख छ ।
रास्वपाका सभापति रवि रविले गोरखा मिडिया नेटवर्क प्रवेश गर्दा आफूले १५ प्रतिशत श्वेट सेयर लिएको बताउँदै आएका छन् । श्वेट अर्थात सित्तैमा पाइने उक्त सेयरबारे पनि समितिले कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सिफारिस गरेको हो । साथै रवि जोडिएको उक्त सेयरको किनबेच हुँदा पनि समितिले प्रश्न उठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण