स्कुटर चोरीमा संलग्न एक जना पक्राउ
सोमबार, ३१ भदौ २०८१, २० : १०
काठमाडौँ । काठमाडौँको बाङ्गेमुढाबाट स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा बागमती प्रदेश -०२-०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौ महानगरपालिका १८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाई सोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्रदेश -०३-०२-०१५ प ०५३६ रहेको स्कुटर काठमाडौँको ठमेलबाट हराएको भनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ बस्ने सत्कार न्यौपानेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
स्कुटर चोरीमा संलग्न शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण