वीरगन्जको पन्च ईभीको डेलिभरी सुरु
काठमाडौँ । सिप्रदी ट्रेडिङ्गको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसँगै वीरगन्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ । एक कार्यक्रमका बीच गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिको साथै वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम,उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रा.लि वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
पन्च इभिको रिजनल लन्च अन्तर्गत वीरगन्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च इभि बुक गर्नु भएको ग्राहकहरूलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए । टाटा पन्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण