२० सेप्टेम्बरदेखि एमजी जेडएस ईभीको अफर सकिने
काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने जनाएको छ ।
एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन भन्दै यो अफर नाडा अटो शोका बेलादेखि सुरु गरेको थियो।
कम्पनीका अनुसार यो अफर पहिले अक्टोबर ५ सम्म चल्ने योजना रहेपनि ग्राहकहरूको अपूर्व प्रतिक्रिया र उच्च मागका कारण २० सेप्टेम्बरसम्ममात्रै सीमित गरिएको हो । अफर अवधिमा ग्राहकहरूले एमजी जेडएस ईभी डिलक्सलाई चाडपर्वको मूल्य ४६.९९ लाखमा खरिद गर्न सक्नेछन्।
“हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौँ। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ,” पारामाउन्ट मोटर्सका एक प्रवक्ताले भने, “सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौँ। दशैं अघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौँ,” उनले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण