आइसरले ल्यायो ‘दसैँको हर्ष, आइसरको वर्ष’ योजना
काठमाडौँ । कमर्सियल भेहिकल आइसरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै एक अफर घोषणा गरेको छ । ‘दसैको हर्ष, आइसरको वर्ष’ नामक उक्त अफर विभिन्न सुविधाहरू रहेको बतास एमएडब्लुले जनाएको छ ।
यो योजनाअनुसार आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
योजना मंगलबारदेखि नेपाल देशभर लागू भएको छ । ग्राहकहवर्गले आइसरका देशभरिका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । बतास समूह र मोरङ अटो वर्क्स मिलेर नेपालमा आइसरको क्षितिज फराकिलो काम हुँदै आएको कम्पनीको भनाइ छ । नेपालमा आइसरले ११ शाखाहरु र ४ डिलरमार्फत सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । ग्राहकवर्गले आइसरका ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरू छनोट गर्न सक्नेछन्। साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्र्याएको छ । आइसर विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको छ भने यसले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण