प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने एमालेको निर्णय
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा दलको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गर्ने निर्णय गरेको उनको भनाइ छ ।
बैठकले सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने र जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको उनले बताए ।
यस्तै बैठकले विधान संशोधन उपसमिति गठन पनि गरेको छ ।उपसमितिको संयोजकमा श्रेष्ठ नै रहेका छन् । यसैगरी प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य रहेका छन् ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावहरूलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताए । उनले योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गरिने भएकाले यस विषयमा प्रदेश सभा सदस्यहरूले समेत सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण