स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित तीनजना नियन्त्रणमा
सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लहान भगवानपुर सडकखण्डको सखुवानन्कारकट्टी ५ बाट १४ लाख १९ हजार आठ सय ९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरू हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ । स९प ११६२ नम्बरको मोटरसाइकलमा भगवानपुर चोकबाट लहानतर्फ आइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको राजविराज १० का ५७ वर्षीय मजित मियाँका साथबाट आठ लाख १४ हजार आठ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ बस्ने २८ वर्षीय मोहमद अलाउदिनको साथबाट दुई लाख चार हजार पाँच सय र स्थानीय २३ वर्षीय अजय चौधरीको साथबाट चार लाख पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण