रौतहट प्रहरीद्वारा १ महिनामा ३२ लाख बढीको सामानसहित ३ तस्कर पक्राउ
रौतहट । रौतहट स्थित प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १ महिनाको अवधिमा ३२ लाख रुपैयाँ भन्दा बढीको विभिन्न किसिमका अवैध सामानसहित ३ जना तस्कर लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गौरसहित मातहतका विभिन्न युनिटबाट खटिएको गस्ती टोलीले गत साउन ३० गते देखि भदौ ३१ गतेसम्म उक्त सामानसहित तस्करलाई पक्राउ गरेको हो।
विभिन्न नाकाबाट तस्करहरूले भन्सार छली अवैध रूपमा भित्र्याएको ४ लाख ६३ हजार, १४६ बराबरको लत्ताकपडा, ४ लाख २५ हजार ८४६ बराबरको किराना तथा खाद्यान्न, १९ लाख ८६ हजार ४२३ बराबरको तस्करीमा प्रयोग भएको सवारी साधन र ३ जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
बरामद सामान, सवारी साधनसँगै पक्राउ परेका ३ जना तस्करलाई आवश्यक कारबाहीको लागि मंगलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण