भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा पुगेकी मिस नेपालका पोज
काठमाडौं– शृङखला खतिवडा अहिलेकी मिस नेपाल हुन् । भर्खरै सम्पन्न ‘मिस नेपाल २०१८’मा शिर्ष उपाधी जितेकी शृङ्खलाको अहिले चर्चा चुलिँदो छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी थिइन् ।
हेटौंडा स्थायी घर भएकी २२ वर्षिया आर्किटेक्चर इन्जिनियर समेत रहेकी शृङखलालाई सार्वजनिक कार्यक्रममा देख्न बिरलै पाइन्छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरको अनुमति बाहेक उनी अर्काे मिस नेपाल नछानिएसम्म कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन पाउँदिनन् ।
शनिबार भने उनी प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा देखिइन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन उनी सो स्थानमा पुगेकी हुन् ।
दुई कलरको स्कटमा सजिएर कार्यक्रममा सहभागी भएकी शृङखलाको सो पहिरनमा सौदर्य खुलेको देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी अगाडी उनले केही तस्बिर समेत खिचाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण