प्रहरी अस्पतालमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई एआईजीमा बढुवा गर्न चलखेल
काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त भएको करिब दुई महिना भएको छ । डा. आशा सिंह साउन १० मा अवकाशमा गएसँगै रिक्त दरबन्दीमा वरिष्ठ डीआईजीहरुलाई पन्छाएर कनिष्ठलाई बढुवा गर्न चलखेल थालिएको छ ।
प्राविधिक प्रहरी नायव महानिरीक्षक सुन्दर हैजु, गोपेश ठाकुर र संजय विक्रम श्रेष्ठ एआईजी बन्ने प्रतिस्पर्धामा छन् । डीआईजीद्वय हैजु र ठाकुर वरिष्ठ चिकित्सक हुन् । तर, आईजीपी र गृहमन्त्रीले जुनियर डीआईजी संजय विक्रम श्रेष्ठलाई नियुक्ती गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेका हुन् । श्रेष्ठ अरुभन्दा दुईवर्ष जुनियर हुन् ।
सुन्दर हैजु र गोपेश ठाकुर २०५७ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । तर, २०५९ सालको भर्ना भएका श्रेष्ठलाई बढुवा गर्नेगरी चलखेल भइरहेको जानकारहरू बताउँछन् ।
श्रेष्ठले नेपालबाट एसएलसी पास गरेर रसिया गएका थिए । उनले रसियाबाट एमबिबिएस पुरा गरेको सर्टिफिकेट पेस गरेका छन् । उनको सर्टिफिकेटबारे मुद्दा परेपछि अदालतले त्यसबारे आदेश गरेको छ ।
उच्च स्रोतका अनुसार नेपाल प्रहरी जनपद समूहतर्फ डीआईजी दुर्गा सिंहलाई एआईजीमा बढुवा गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण