शिशिर र स्वर्णिम लक्षित गगनको कटाक्ष: रविको अपराधको भारी कसले बढी बोक्ने प्रतिस्पर्धामा छन्
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अपराध र पापको भारी बोक्ने प्रतिस्पर्धामा लागि परेको टिप्पणी गरेका छन् ।
बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको नाम स्वतन्त्र भए पनि कसले सभापतिको पक्षमा बढी ताली बजाउने भन्ने प्रतिस्पर्धा नै चलेको बताए ।
सहकारी छानबिन समितिले रविलाई कारबाहीको सिफारिस गर्दा पनि आफूहरूसँग हिजो राजनीतिक सहकार्य गरेर गएकाहरू सत्यको उजागर भन्दा पनि रविको पक्षपोषणमा लागि परेको कटाक्ष उनको थियो । साङ्केतिक रूपमा उनको प्रहार रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले र सांसद शिशिर खनाल लक्षित थियो ।
‘हामीसँग सङ्गत गर्दा केही कुरा सिक्नुभएको थियो भन्ने लागेको थियो तर सिक्नुभएको रहेनछ । त्यहाँ त सभापतिको पाप र अपराधको भारी कसले बोक्ने भन्ने प्रतिस्पर्धा छ‚’ उनले भने‚ ‘नाम पार्टीको स्वतन्त्र छ मान्छे कोही पनि स्वतन्त्र छैन । कसले बढी ताली बजाउने भन्ने कुराको व्यापक प्रतिस्पर्धा छ ।’
उनले सहकारी छानबिन समिति सदस्यको रूपमा काम गरेका सांसद शिशिर खनाललाई छट्टुको संज्ञा दिए ।
‘नाम नलिई भन्दा मेरो पार्टीको श्रद्धेय सभापतिले किर्ते गर्नुभएकाले किर्तेमा मुद्दा चलाउनु पर्छ‚ सभापतिले ठग्नुभएकाले ठगीमा मुद्दा चलाउनुपर्छ भनेर लेखेर सिच्नेचर गर्नुहुन्छ‚’ उनले भने‚ ‘अनि छट्टु भन्ने कि नभन्ने अनि बाहिर आएर राम्रोसँग काम गरेर आएँ । तपाईँलाई एउटा पनि दोष लागेको देखिएन तपाईँ क्लिन हुनुहुन्छ भनेपछि ताली बज्छ ।’
महामन्त्री थापाले थपे‚‘अनि अर्को मान्छे आएर के भन्छ भने हाम्रो अध्यक्षज्यूले खानु मात्र भएको हो पस्को त हैन नि आफूले अर्काले पस्केको खाएको त हो नि भन्छ एउटाले ताली बजाउँछ । एउटाले भन्छ हाम्रो अध्यक्षज्यूले ६५ करोड खानुभएको हो । तर‚ घुमाएर खानुभएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण