आईसीसी क्रिकेट विश्वकप लिग–२
नेपालले पाँचौँ विकेट गुमायो, कप्तान पौडेल आउट
बुधबार, ०२ असोज २०८१, २३ : ४०
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ७२ बलमा ६० रन बनाएर आउट भएका हुन् ।
उनले यस क्रममा २ चौका र ४ छक्का प्रहार गरे । नेपालले ४१.१ ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कूल ७ खेल खेलिएका छन् । यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी ३ खेलमा नेपालले ओमानलाई हराएको छ ।
क्यानडामा भइरहेको यस त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । यो नेपालको दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण