उपप्रमुख डंगोल अमेरिका प्रस्थान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन बुधबार अमेरिका प्रस्थान गरेकी छन् ।
उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरे । बिदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु विमानस्थल पुगेका थिए ।
उनीसँगै परशुराम नगरपालिकाका प्रमुख भरत जोशी र युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । भाद्र २७ गते महासभाको औपचारिक उद्घाटन भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा सुरु भएको हो ।
उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण