विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
ओट्टावा । क्यानडाले विदेशी विद्यार्थीलाई आफ्नो देशमा पढ्नका लागि दिँदै आएको अनुमतिमा थप कटौती गर्ने भएको छ । त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई दिँदै आएको पर्मिट अर्को १० प्रतिशतले घटाउने भएको छ । सरकारले सन् २०२५ र सन् २०२६ मा करिब ४ लाख ३७ हजार मात्रै पर्मिट दिने लक्ष्य राखेको छ ।
सन् २०२४ मा यो सङ्ख्या ४ लाख ८५ हजार रहनेछ । आगामी ३ वर्षभित्र सरकारले करिब ३ लाख कम अध्ययन अनुमति दिने आशा गरिएको अध्यागमन मन्त्री मार्क मिलरले बुधवार भनेका छन् । सरकारले विदेशी कामदार र स्नातकोत्तर कार्यक्रममा जोडिएका विदेशी विद्यार्थीको जहानलाई काम गर्न दिँदै आएको अनुमतिमा पनि नयाँ सीमा लगाउँदैछ ।
यो वर्षको सुरुमा क्यानडा सरकारले नयाँ विद्यार्थी भिसामा एक तिहाइले घटाउन अस्थायी सीमाको घोषणा गरेको थियो । विदेशी आगमन बढेसँगै जनसङ्ख्यामा भएको वृद्धिका कारण घरजग्गा बजारमा दबाब बढेपछि क्यानडाले पछिल्लो समय अध्यागमनमा कडाइ गरिरहेको छ । अहिलेसम्म सरकारले चालेका कदमहरूले काम गरिरहेको मिलरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण