अमेरिकी चुनाव प्रभावित पार्ने कोसिस, इरानी ह्याकरले गरे ट्रम्पको प्रचार अभियानमाथि हमला
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावमा विदेशी हस्तक्षेप भएको खुलासा भएको छ । अमेरिकाको संघीय अनुसन्धान एजेन्सी (एफबीआई)ले गरेको अनुसन्धानका अनुसार इरानी ह्याकरहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा घुसपैठ गरी ट्रम्पको चुनावी कागजातहरू चोरेर जो बाइडेनको अभियान टोलीलाई दिएका छन् ।
यो घटना जुन–जुलाईतिर भएको बताइएको छ । त्यतिबेला बाइडेन डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार थिए । तर जुलाईमा ट्रम्पसँग पहिलो खुला बहसमा निराशाजनक प्रदर्शनपछि उनले उम्मेदवारी त्यागेर ह्यारिसलाई समर्थन गरे । यतिबेला डेमोक्रेट पार्टीबाट कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार छिन् ।
‘मतदाताको विश्वास तोड्ने प्रयास’
अमेरिकी सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ह्याकरहरूले जुनको अन्त्य र जुलाईको सुरुमा जो बाइडेनको अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई केही इमेलहरू पठाएका थिए । यी इमेलमा ट्रम्पको अभियानका दस्ताबेजहरूबाट चोरी भएको जानकारी पनि थियो ।
इरानमाथि यसअघि पनि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाइएको थियो । अब अनुसन्धानले नै यो कुरा पुष्टि गरेपछि अमेरिकी न्याय मन्त्रालयले यस मामिलामा अभियोग लगाउने तयारी गरिरहेको छ । यस मामिलाको अनुसन्धान गरिरहेको एफबीआईले निर्वाचनमा मतदाताको विश्वास कम गर्ने र अराजकता फैलाउने उद्देश्यले यो ह्याकिङ गरिएको जनाएको छ ।
लीक भएका कागजात समाचार च्यानलहरूमा पनि पठाइयो
ट्रम्पको अभियान टोलीले अगस्ट १० मा आफूमाथि साइबर हमला भएको भन्दै यसको आरोप इरानी ह्याकरहरूलाई लगाएको थियो । त्यतिबेला संवेदनशील जानकारी चोरी गरी कयौँ समाचार च्यानलहरूमा पठाइएको भन्दै समाचार पनि आएको थियो । तर, यी समाचार च्यानलहरूले ह्याकरहरूले एफबीआईलाई पठाएको कागजातबारे जानकारी दिन मानेका थिएनन् । पठाइएको जानकारीमा रिपब्लिकन पार्टीको उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्ससम्बन्धी अनुसन्धान कागजात पनि समावेश थिए । यी कागजातहरू भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुभन्दा कयौँ महिना अघिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण