समाचार
सीके राउतकी पत्नी शान्ति सुरक्षाको निवेदन लिएर प्रहरीमा
बिहीबार, ०३ असोज २०८१, १२ : ४३
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । सिन्धुले रातोपाटीसँग कुरा गर्दै प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको बताइन् ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण