श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् ।
गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिए ।
राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् ।
उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ।
राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पुरा नगरेकाले मुलुकी संहिता अनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् । राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन्।
राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् । जिल्ला अदालतका अनुसार प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुने छ। दुवै पक्षको जवाफ आएपछि जिल्ला अदालतले सम्बन्ध विच्छेद हुने वा नहुने निर्णय सुनाउने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण