सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने
काठमाडौँ ।बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट सरकारले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी ७ रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
काठमाडौँ उपत्यका ४ स्थानहरू (थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको विक्री कक्षहरू राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछन् ।
यसका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ ।
नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरूको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य पसल सञ्चालन गर्नुपरेको कम्पनीको भनाइ छ ।
यसैबीच दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । कम्पनीले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो ।
मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण