राजाको पाउमा दाम चढाएकाहरूले व्यवस्था परिवर्तन भयो भनिरहेका छन्: शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन् ।
संविधान दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) ले गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाको पाउमा दामहरुले अहिले पनि शासन चलाएर व्यवस्था परिवर्तन भयो भनिरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन नभएर नाममात्रै परिवर्तन भएको बताएका हुन् ।
‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्यौँ ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् । व्यक्ति परिवर्तन भयो ? भएन । सिस्टम परिवर्तन भयो ? भएन, नाममात्रै परिवर्तन भयो,’– उनले भने ।
नेता शाहीले नेपालको संविधानमा नागरिकहरूका लागि मौलिक हकको व्यवस्था गरिए पनि त्यो कार्यान्वयन नहुँदा शासकहरूलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए ।
साथै, सांसदबाट विकास र प्रहरीबाट न्याय खोजेर जनताले पनि अहिले पञ्चायती व्यवस्था मानिरहेको उनको टिप्पणी छ ।
नेता शाहीले नेपालमा राजतन्त्र कानुनी प्रक्रियाबाट नफालिएको दाबी गरे । उनले अहिले पनि राजा कि संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जनमत संग्रहमा जाने आँट गर्न चुनौती दिए ।
यस्तै कार्यक्रममा पहिचानवादी नेता नागिन्द्र राईले वर्तमान संविधानले आदिवासी जनजाति र मधेशी समुदायले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण