संसदीय सुनुवाइ समिति बैठक
राजदूत अनुमोदनबारे दुई सांसदको फरक मत
बिहीबार, ०३ असोज २०८१, १४ : ५७
काठमाडौँ । विभिन्न देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइबाट पारित निर्णयमा दुई जना सांसदले फरक मत राखेका छन् । १७ देशको राजदूतका लागि सरकारले सिफारिस गरेका नाममध्ये १६ देशका प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेको छ ।
त्यसमध्ये दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव सांसद डोलप्रसाद अर्यालले राखेका थिए ।
त्यसैगरी अर्का सांसद प्रकाश अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा.शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित नियुक्त हुन अयोग्य रहेको भन्दै फरक मत राखेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण