संविधान संशोधन गर्दा एनआरएनएलाई पनि समेटिनु पर्छः शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले संविधान संशोधन गर्ने हो भने गैरआवासीय नेपालीलाई पनि समेट्न माग गरेका छन् । संविधान संशोधनको बहस चलिरहेको बेला शर्माले यदि संविधान संशोधन हुने स्थिति बनेमा एनआरएनएलाई पनि समेट्नुपर्ने धारणा राखेका हुन् ।
संविधान दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले संविधान संशोधन गर्दा विदेशमा बस्ने नेपाली करिब ८० लाखमध्ये ४० लाखभन्दा बढी श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गर्दै उनीहरुका समस्या र सम्भावानालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
यस्तै समृद्ध नेपाल निर्माणका लागि विदेशमा बस्ने नेपालीलाई साथमा लिँदै उनीहरूलाई समानुपातिक अनि सदनमा पनि प्रतिनिधित्व सुनिश्चित हुने प्रक्रिया समावेश गर्न जरुरी रहेको उनको भनाइ थियो ।
‘संविधान संशोधनको बहस चलिरहँदा यदि संशोधन हुने हो भने विदेशमा बस्ने नेपाली करिब ८० लाखमध्ये ४० लाखभन्दा बढी श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गर्दै उहाँहरुका समस्या र सम्भावानालाई सम्बोधन गर्न आवश्यक छ’, उनले भने, ‘साथै समृद्ध नेपाल निर्माणका लागि विदेशमा बस्ने नेपालीलाई साथमा लिँदै उनीहरूलाई समानुपातिक अनि सदनमा पनि प्रतिनिधित्व सुनिश्चित हुने प्रक्रिया समावेश गर्न जरुरी छ ।’
कांग्रेस र एमाले नेतृत्वको सत्ता गठबन्धनले गरेको ७ बुँदे सम्झौतामा संविधान संशोधन गर्ने विषय उल्लेख छ । यस्तै बुधबार सार्वजनिक सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतामा पनि यो विषयलाई दोहोर्याइएको छ । जसमा सरकारले सङ्घीयता कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै राज्यका निकायबिच अन्तर– समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
साथै संविधान कार्यान्वयनको समग्र अवस्था, प्राप्त उपलब्धि र कमी कमजोरी तथा बाँकी कामहरूका सम्बन्धमा वस्तुनिष्ठ समीक्षा गर्दै संविधान संशोधन गर्ने सरकारको प्रतिबद्धतामा उल्लेख छ । ‘राजनीतिक स्थायित्वको मुख्य राष्ट्रिय चासो र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर राजनीतिक पार्टीहरू, नागरिक समाज, बौद्धिक समुदाय, संविधानविद् र आम जनतासँग समेतको छलफल, संवाद र परामर्शबाट बृहत्तर सहमतिका आधारमा संविधान संशोधन गरी संविधानप्रतिको जनताको स्वामित्व र अपनत्व थप विस्तार गरिनेछ’,सरकारको आठ बुँदे संकल्पमा भनिएको छ ।
यस्तो पृष्ठभूमिमा शर्माले संविधान संशोधन गर्दा एनआरएनएलाई पनि समेट्न माग गरेका हुन् । शर्माले मुलुकको विकास र समृद्धिका लागि उत्कृष्ट संविधान आवश्यक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण