च्याम्पियन्स लिगको इतिहासमा ब्रष्टको पहिलो जित
काठमाडौँ । युरोपियन च्याम्प्यिन्स लिग फुटबलको बिहीबार राति सम्पन्न खेलमा फ्रान्सेली क्लब ब्रेष्टले महत्वपूर्ण जित हात पारेको छ । ब्रेष्टले आफ्नो पहिलो खेलमा अस्ट्रियन प्रतिद्वन्द्वी स्ट्रुम ग्राजलाई २–१ गोलले हराएको हो ।
उक्त खेल ब्रेष्टको घरेलु मैदानमा खेलिएको थियो । ब्रष्टले युरोपियन च्याम्पियन्स लिगको इतिहासमै पहिलो खेल जितेको हो । खेल सुरु भएको २३औँ मिनेटमा ह्युगो म्यागनेट्टीले ब्रष्टका लागि पहिलो गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ब्रेष्टकै खेलाडी एडमिल्सन फर्नान्डेसबाट आत्मघाति गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । निर्धारित समयको ५६औँ मिनेटमा अब्दल्लाह सिमाले बेष्टका लागि निर्णायक गोल गरेका थिए ।
खेलको अन्त्यतिर अस्ट्रियन क्लब १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ८८औँ मिनेटमा दिमित्री लाभाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । अघिल्लो सिजनको घरेलु लिगमा तेस्रो हुँदै ब्रेष्ट च्याम्पियन्स लिगमा छनोट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण