कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण
शुक्रबार, ०४ असोज २०८१, १० : ५०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।
विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्रीअधिकारीले बताए ।
‘म अहिले निकै अस्वस्थ भएको छ । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम पनि स्थगित गरेको छु ।’ उनले भने ।
एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण