'सङ्घीयतालाई बलियो बनाउनुपर्छ भन्ने कुरा काठमाडौँमा बस्नेहरूलाई सिकाउनुपर्छ'
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयतालाई सबलीकरण गर्ने कुरामा ठुला पार्टीका नेताहरु नै अग्रसर नभएको बताएका छन्। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भएको सङ्घीयता सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कँडेलले यस्तो बताएका हुन् ।
दलीय व्यवस्थामा दलकै प्रमुख भूमिका हुने भएकाले त्यसमा नेताहरू र पार्टी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। 'सङ्घीयतालाई बलियो बनाउने कुरामा प्रदेशमा भएका भन्दा पनि काठमाडौँमा भएकाले बुझ्नुपर्छ,' उनले भने, 'उनीहरुले प्रदेशलाई अधिकार नै दिन चाहन्नन्।'
दातृ निकायले पनि अहिले सङ्घीयताको विषयमा सिकाउने तर उनीहरू पनि काठमाडौँबाट तल नआउने गरेको उनले बताए। ठुला तीन दल (एमाले, माओवादी, कांग्रेस) नै अधिकार सम्पन्न गराएर बलियो बनाउने कुरामा उदासीनता देखाइरहेको आरोप कँडेलको छ।
'जबदेखी कुर्सी केन्द्रित राजनीति चलनमा आयो विषयहरू ओझेलमा परे,' उनले भने । साथै कँडेलले अहिलेकै कर्मचारीतन्त्रबाट सङ्घीयतालाई बलियो बनाउन निकै जटिल भएको पनि बताए। उनले अगाडि थपे, 'कतिपय कर्मचारी जिल्लामा जानै चाहन्नन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण