विधायन व्यवस्थापन समितिले दसैँअघि दुई विधेयकमाथिको छलफल सक्ने
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दसैँ अगाडि नै छलफल गरिसक्ने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति तुलसाकुमारी दाहालले समितिमा भएका चारवटा विधेयकहरूमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दसैँ अगाडि नै छलफल गरेर सक्ने बताएकी हुन् । उनले आज (शुक्रबार)को बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल भएको र यसको छलफललाई निरन्तरता दिने बताइन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निर्णय गरेको छ ।
समितिले समितिको नयाँ सभापति निर्वाचित भएर आएको सन्दर्भमा समितिको अवस्थाको बारेमा छलफल गरी समितिको कार्यविधि आगामी बैठकमा पारित गर्ने निर्णय पनि गरेको सभापति दाहालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण