पर्यटन क्षेत्रले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा भूमिका खेलेको छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा मन्त्री पाण्डेले यसप्रकारका कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताए । 'पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ,' उनले भने ।
साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताए । आठौँ संस्करणका लागि दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेका थिए ।
जसमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलतर्फ पनि अवार्ड जितेको छ । त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’द्वारिका होटेलका स्व अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।
यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण