गैरआवासीय नेपालीद्वारा कतारमा रक्तदान
कतार । गैरआवासीय नेपाली संघ कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ जनाभन्दाबढी नेपालीहरूले रक्तदान गरेका छन् ।
गैरआवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको महासचिव ध्रुवराज अधिकारीले जानकारी दिए ।
रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’भन्ने नाराका साथ विविध गतिविधि गर्दै कतारमा रहेका नेपालीहरुले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।
सामाजिक सेवाको लागि गैरआवासीय नेपाली संघ कतार सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस् , मानवीय र परोपकारी कार्यले अन्य देशका कम्युनिटहरु संग मैत्रीपूर्ण सम्बन्ध रहने हुँदा यस्ता कार्यक्रमको आवश्यकता रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुनिल घिमिरेले बताए ।
उक्त रक्तदान कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजक रामचन्द्र पन्त , बुद्धिजीवी बुधवल गुरुङ लगायत कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहिको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण