'पुस्तकरहित शुक्रबार'ले विद्यार्थीमा आत्मविश्वास बढायो : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन)ले पुस्तक रहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणको क्रममा आफूले विद्यार्थीमा आत्मविश्वास बढेको पाएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'शैक्षिक सत्र सुरु भएपछि 'पुस्तक रहित शुक्रवार'का कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालयमा, जनकल्याण माध्यमिक विद्यालय, गुहेश्वरी माध्यमिक विद्यालय, धुम बराह माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय पुग्दा विद्यार्थीहरू स्केचिङ र स्कल्पचरमा सिप निखारिरहेका थिए । बाबा समूहको नेतृत्वमा सरसफाइका लागि श्रमदान भइरहेको थियो । यस्तै कंकेश्वरी आधारभूत विद्यालयमा १ देखि ३ सम्म विद्यार्थीहरू चित्रमा रङ्ग भर्ने र कागज काटेर कलात्मक बस्तु तयार गरिरहेका थिए । उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ । आफैँ उपाय निकालिरहेका थिए । '
उनी थप लेख्छन्–'नव जागरण सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा नेतृत्व तथा व्यक्तित्व विकासको अभ्यास भइरहेको थियो । गीतामाता माध्यमिक विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई आफूलाई मन पर्ने चित्र कोर्न प्रोत्साहन गरिँदै थियो । कक्षा ४ देखि ८ सम्मका बालबालिकालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउटलगायतका क्रियाकलाप चलिरहेका थिए । '
यसरी 'पुस्तकरहित शुक्रबार'का क्रियाकलाप हेर्दा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानुपर्छ भन्ने पुष्टि भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण