मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही दिशा निर्देशको भूमिका खेल्नुपर्छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताए ।
उनले भने– ‘हामीले के कति उपलब्धि हासिल गर्यौँ, के के हासिल गर्न सकिएन त्यसको मूल्याङ्कन गर्नुपर्छ । मदन भण्डारी फाउन्डेसन पार्टी होइन तर पनि राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्ने विषयमा सूत्रबद्ध रूपमा भूमिका खेल्नुपर्छ । अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसाबले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा योगदान गर्नुपर्छ ।’
जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेला बेला आएका चुनौतीहरूलाई पनि सम्झिनुपर्ने पोखरेलले बताए ।
उनले भने– ‘जनताको बहुदलीय जनवाद चुनौतीहरूको सामना गर्दै यहाँसम्म आएको हो । धेरै कुरा यसका शास्त्रीय पाटाहरू पनि छन् । जननेता मदन भण्डारीलाई सम्मान गर्न मात्र यो विषय गाँसेको होइन । यसमा केही त्यस्ता तत्त्वहरू छन्, नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार हो भनेर हामीले भन्दा यो विषयमा हामी दृढतापूर्वक वकालत गर्न सक्छौँ । यो विचार कहीँ कतैबाट सापट लिएको विचार होइन । यो विचार आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार हो । मदन भण्डारीले यो विचारको प्रवक्ता र व्याख्याता बनेर कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउनुभयो, हामीले त्यो कुरालाई बिर्सनुहुँदैन ।’
उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सुत्रबद्ध भएको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण