विभाग प्रमुखदेखि जिल्ला इन्चार्ज तोक्दै एकीकृत समाजवादी
आइतबार, ०६ असोज २०८१, १० : ०७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । त्यसका लागि आज आइतबार दिउँसो १२ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ ।
असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन ।
‘आज कार्यदलको बैठक बसेर नेताहरूको कार्यविभाजन गरिन्छ’, उपमहासचिव रामकुमार भट्टराईले भने, ‘विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने काम हुन्छ ।’
बैठकले पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मा विभिन्न नेताहरूलाई दिने निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण