माग सम्बोधन गर्ने सहमतिपछि बागमती प्रदेश सभा बैठक चल्ने
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षका माग सम्बोधन गर्ने लिखित सहमति भएको छ ।
आइतबार बिहान बसेको बैठकमा सहमति जुटेपछि आजका लागि बोलाइएको प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने भएको छ ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले बजेट र सरकार सञ्चालनका सवालमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको थियो ।
सर्वदलीय बैठकमा सहमति जुटेकाले प्रदेश सभा बैठक निर्धारित समयमै सञ्चालन हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
‘सरकार आफ्नो कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ । कर्मचारी सरुवा बढुवामा कानुनसम्मत गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता आयो’, प्रमुख सचेतक ढकालले रातोपाटीसँग भने, ‘विगतमा सत्ता र प्रतिपक्षबिच भएको बजेटका विषयमा भएको सम्झौता कार्यान्वयन गर्ने, असन्तुलित बजेट परिमार्जन गर्ने लिखित सहमति भयो ।’
प्रदेश सभा बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण