दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँ खोलाको पुल उद्घाटन
काठमाडौँ । दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँ खोला पुल उद्घाटन गरिएको छ ।
दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थल डाँसेखोलामा पक्की मोटर पुल निर्माण सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्व बागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काबाट पुल उद्घाटन गरिएको हो ।
पुल उद्घाटन पछि पूर्व वन मन्त्री खड्काले पुल निर्माण पश्चात् स्थानीयमा देखिएको खुसीयाली कुनै ठुलो विजयोत्सव भन्दा कम नरहेको बताए ।
उनले भने,‘यस खोलाले बगाएर आफन्त गुमाएका परिवारजनले पुल उद्घाटन कार्यक्रममा प्रस्तुत गरेको भावना असाध्यै मर्मस्पर्शी थियो। पुल निर्माण पश्चात् स्थानीयमा देखिएको खुसीयाली साँच्चिकै ठुलो विजयोत्सव जस्तो देखिन्थ्यो ।’
पूर्वमन्त्री खड्काकै विशेष पहलमा करिब ६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरी पुल निर्माणको कार्य सम्पन्न भएको हो । उनलाई उद्घाटन समारोहमा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण