न्युजिल्यान्ड–श्रीलंका पहिलो टेस्ट रोचक मोडमा
काठमाडौँ । न्युजिल्यान्ड र श्रीलंकाबिच जारी पहिलो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । पहिलो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा आठ विकेट गुमाएर दुई सय सात रन बनाएपछि खेल रोचक मोडमा पुगेको हो ।
भ्रमणकारी टोली न्युजिल्यान्ड दुई सय ७५ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली ब्याटिङ गर्न आएको हो । पहिलो टेस्टको अन्तिम दिन सोमबार श्रीलंकालाई हराउन न्युजिल्यान्डले थप ६८ रन बनाउनु पर्नेछ । तर, न्युजिल्यान्डसँग दुई विकेटमात्र बाँकी छ ।
न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र अविजित ९१ रन बनाउँदै क्रिजमा छन् । किविज टोलीका लागि यो सकारात्मक पक्ष हो । रचिनले एक सय ५८ बलको सामना गरी एक छक्का र नौवटा चौका प्रहार गरेका छन् ।
रचिनलाई तल्लो क्रमका ब्याट्सम्यान अजाज पटेल (खाता खोल्न बाँकी) ले साथ दिनेछन् । दोस्रो पालीमा न्युजिल्यान्डका लागि केन विलियम्सन र टम ब्लन्डलले ३०–३० रन बनाएका थिए । ओपनर टम लाथमले पनि २८ रन जोडेका थिए ।
अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । घरेलु टोली श्रीलंकाका बलर रमेश मेन्डिस र प्रभात जयसूर्याले दोस्रो पालीमा तीन–तीन विकेट लिए । पहिलो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको श्रीलंकाले पहिलो पालीमा तीन सय पाँच रन बनाएको थियो ।
न्युजिल्यान्डले भने पहिलो पालीमा तीन सय ४० रन बनाएको थियो । श्रीलंकाली टोली आफ्नो दोस्रो पालीमा तीन सय नौ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि न्युजिल्यान्डले दोस्रो पालीमा जितका लागि दुई सय ७५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण