सञ्चारकर्मी संगिताको अभिनयमा दसैँ खर्च सार्वजनिक
काठमाडौँ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ ।
गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दसैँलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् ।
लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशकभन्दा बढी नै गुमनाम हुन पुगेका थिए ।
उनका चर्चित गीतहरूमा नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौँ गीतहरूले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएका छन् । स्वर गायक घमेश दुलाल र शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ ।
त्यसैगरी गीत संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गीतकार तथा निर्देशक साजन पराजुलीको शब्द रहेको छ ।
गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ ।
गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युकेको रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ । गीतको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।
गीतको भिडियोमा सञ्चारकर्मी संगिता अधिकारीको अभिनय रहेको छ । त्यस्तै गीतमा भीम बगाले, मनोज केशी लगायत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ ।
एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रालिद्वारा निमार्ण गरिएको उक्त “खर्च दसैँलाई” बोलको गीत गायक घमेश दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण